स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि

अमेरिका - USA - The Times of nepal
सेयर गर्नुहोस

,२७ साउन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ ।

इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।

शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा उक्त प्रान्तको कुन स्थानमा ती सैनिक मारिएका हुन् भन्ने बारेमा केही बताइएको छैन । त्यस दिन इराकी सुरक्षा फौजले सो स्थानमा विद्रोहीका विरुद्ध सुरक्षा कारबाही गरेको बताइएको थियो ।
त्यस क्रममा शत्रु पक्षबाट भएको आक्रमणमा आफ्ना नौसेनाको ज्यान गएको अमेरिकाले जनाएको छ । यस विषयमा त्यस विद्रोही समूहका तर्फबाट भने कुनै भनाई आएको छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -