स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

सरकार जनताको स्वास्थ्यप्रति गम्भीर छ : मुख्यमन्त्री गुरुङ

सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पतालको कर्मचारी आवास गृहको आज शिलान्यास गर्दै उहाँले प्रदेशअन्तर्गतका अस्पताललाई सुविधासम्पन्न बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घ सरकारले हस्तान्तरण गरेर प्रदेश मातहतमा रहेका ११ जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५० शै्याको बनाउने अभियानमा जुटेको बताउँदै उहाँले अस्पतालमा आवश्यक भौतिक संरचनासहित जनशक्ति र उपकरणको व्यवस्था गरिने उल्लेख गर्नुभयो । समाजका असहाय एवं विपन्न जनतालाई आधारभूत शिक्षा, स्वास्थ्यको पहुँच पु¥याउन नसकेसम्म समृद्धि प्राप्त गर्न नसकिने बताउँदै मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालले चलान गरेका सबै रोगका बिरामीको उपचार गर्ने सुविधासम्पन्न अस्पताल सञ्चालनका लागि सङ्घ सरकारसँग माग गरिएको जानकारी गराउनुभयो ।

प्राकृतिक सुन्दरता एवं सांस्कृतिक सम्पन्न गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उहाँले सरकारले पर्यटन विकासका लागि २७४ घरबास र ११० वटा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार विकासको अभियानमा जुटेको बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री गुरुङले अस्पताल हातामा निमको बिरुवासमेत रोप्नुभएको थियो ।

अस्पतालका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनताको प्रत्यक्ष सहभागितामा सञ्चालित मातृशिशु मितेरी अस्पतालको स्थापनामा जाइकाको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै यसलाई बालबालिका तथा महिला अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले अस्पतालको विकासका लागि मन्त्रालयले आवश्यक उपकरण खरीद तथा भौतिक संरचना निर्माणका लागि रु आठ करोडभन्दा बढी रकम विनियोजन गरेको जानकारी गराउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डा प्रेमराज पगेनीले अस्पतालको दिनप्रतिदिन महत्व बढ्दै गएको बताउँदै गत आव मात्र ५८८ जनाले अस्पतालमा सुरक्षित प्रसूति गराउन सफल भएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उषा बरुवालले सामाजिक विकास मन्त्रालयको रु तीन करोडको लागतमा पाँच तले कर्मचारी आवास गृह निर्माण गर्न लागेको जानकारी गराउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -