स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्रीद्वारा रङ्गशाला निर्माणमा जोड

Latest Nepal News - The Times Of Nepal provides latest news from Nepal and the world. Get all exclusive Breaking News Nepal, current headlines, live news, including hot topics, latest breaking news on business, sports, world and entertainment., karnali pardes,karnali province
सेयर गर्नुहोस

२४ साउन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

“उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले निर्माणाधीन रङ्गशालालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उद्यान, सङ्ग्रहालयलगायत संरचना निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -