स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

विकासका लागि गम्भीर हुनुपर्ने

ram chan dra poudel - The Times Of Nepal
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ पाल्पा–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘एसईई र प्लस टु उत्तीर्ण विद्यार्थी तथा विशिष्ट व्यक्तिलाई सम्मान’ कार्यक्रममा उहाँले वर्तमान सरकारले मुलुकलाई द्वन्द्वको अवस्थामा राख्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

“मुलुक अहिले गम्भीर अवस्थामा छ, मुलुकको अवस्थालाई लिएर हामी सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, सचेत नागरिकहरु गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जीवनमा कर्मशीलता र लगनशीलताका साथ अगाडि बढ्न विद्यार्थीलाई सुझावसमेत दिनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले नेपालमा अझै पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउँदै राज्य गुणस्तरीय शिक्षाप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । सम्पर्क समितिले पाल्पा घर भई काठमाडौँमा उच्च शिक्षाका लागि पढ्न आएका एसईई र प्लस टु पास विद्यार्थीलाई सम्मान गरेको थियो । सम्पर्क समितिले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम गर्दै आएको सम्पर्क समितिका अध्यक्ष सुरज पौडेलले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -