स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

धुलो दूधको आयात प्रतिबन्ध हट्दैन

सेयर गर्नुहोस

२४ साउन : सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पार्नुभयो ।

बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उहाँले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा दूध पर्याप्त छ । त्यसलाई शहरसम्म ल्याइपु¥याउने विधि खोजौँ । बरु सूचना जारी गरौँ । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ ।”

छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए । भदौ, असोज र कात्तिकमा नेपालीका ठूला चाडबाड पर्ने तथा दूध उत्पादन कम हुने भन्दै उनीहरुले एक पटकका लागि कम्तीमा तीन महिना आयातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।

निजी डेरीले भारतलगायत तेस्रो मुलुकबाट धुलो दूध आयात गर्दै आएका छन् । “एउटा मात्र संस्था तोकेर आयात गर्न दिऊँ, त्यो संस्था हामी नै किटान गरेर दिन्छौँ । कम्तीमा पाँच हजार मेट्रिकटनका लागि भए पनि एक पटक मात्र अनुज्ञापत्र जारी गरिदिनुस्”, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटाले भन्नुभयो ।

अन्य व्यवसायीले भने तीन महिनाका लागि खोल्दा दुई वर्षलाई पुग्ने गरी धुलो दूध मौज्दात राख्ने भएकाले कुनै पनि हालतमा आयात खुला गर्न नहुने बताएका थिए । केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले भन्नुभयो, “दूध पर्याप्त उत्पादन भएको छ ।

केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव रामकृष्ण आचार्यले किसानको दूध किन्नुभन्दा पाउडर बेच्न सस्तो र सजिलो हुने भएकाले पाउडर आयात गर्न खोजिएको आरोप लगाउनुभयो । “आयात खुला उपयुक्त विकल्प होइन । तीन महिनालाई खोल्दा दुई वर्षलाई पुग्ने पाउडर भित्रन्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले केही समयका लागि देखिएको अभावको समाधान देशभित्रै खोजिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य अभाव भएर वा अभाव सिर्जना गराएर पाउडर दूध आयात गर्नु समस्याको समाधान होइन ।”

सहसचिव डा विमलकुमार निर्मालले अहिले दूधको उत्पादन पर्याप्त भए पनि किसानबाट भन्दा भारतबाट पाउडर ल्याउँदा सहज हुने भएर व्यवसायीले आयात खोल्नुपर्छ भन्दै हिँडेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -