नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने

नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने


नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

ओमान क्रिकेट सङ्घले आगामी असोज १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने उक्त प्रतियोगितामा नेपालसँगै आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथा असोज २३ गते आयोजक ओमानसँग खेल्नेछ । उक्त प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ ।

ओमान क्रिकेट सङ्घले पहिले नै आयोजना गर्ने भनेर तय गरेपनि नेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने की नखेल्ने भन्ने अन्योलता थियो । आइसीसीले उक्त प्रतियोगिता खेल्न अनुमती दिएपछि नेपालले खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ ।

नेपालले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने सबै प्रतियोगिता आइसीसीको रेखदेखमा हुँदै आएका छन् ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?