अमेरिकामा १२२ मेक्सिकन पक्राउ

अमेरिकामा १२२ मेक्सिकन पक्राउ


२४ साउन : अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् ।
मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ ।

उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ ।

Advertisement

मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिनुभएको थियो । तर बिहीबार सो तथ्यांक अद्यावधिक गर्दै १२२ जना नागरिक पक्राउ परेको जानकारी गराउनुभएको हो ।

अमेरिकामा बुधबारमात्र वैधानिक कागज बिना नै अमेरिकामा बसेर काम गरिरहेका ६८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो । ती मध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन् ।
ंविदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानुनी परामर्श र आवश्यक कानुनी दस्ताबेजहरु उपलब्ध गराइएको जानकारी पनि दिनुभएको छ ।

अमेरिकाका खाद्यान्न केन्द्रहरुमा कार्यरत मेक्सिकन नागरिकहरुमध्ये अमेरिकाले पहिलो पटक एकैदिन यतिधेरैलाई पक्राउ गरेको पनि उहाँले बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
ती पक्राउ परेकाहरु अमेरिकामा विना कागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ । तर उनीहरुसँग के कति कागजात छन् भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन ।
पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?