स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

भारतको सर्वाधिक ठूलो सम्मानबाट पूर्वराष्ट्रपति मुखर्जी सम्मानित

map of india - The Times Of Nepal
सेयर गर्नुहोस

नयाँ दिल्ली, २३ साउन : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी भारतको सवैभन्दा ठूलो सम्मान मानिने भारत रत्नबाट सम्मानित हुनुभएको छ ।

राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई सम्मान प्रदान गर्नु भएको हो ।

उहाँलाई कार्यक्रममा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति एम वैनकैया नायडुसहित विभिन्न नेताहरूले बधाई दिनुभएको थियो ।

पुर्वराष्ट्रपतिसँगै आसामी गायक भूपेन हजारिक र आरएसएस नेता नानाजी डेश्मुखलाई पनि मरणोपरान्त भारत रत्न प्रदान गरिएको थियो ।

बिहीबार सम्मानित पुर्वराष्ट्रपति मुखर्जी सन् १९३५ को डिसेम्बर ११ तारिखका दिन बङ्गाली परिवारमा जन्मिनु भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तरसँगै एलएलबी पनि उत्तीण गर्नु भएको छ ।

उहाँ आजीवन राजनीतिमा लाग्नुभयो भने उहाँले राज्यको र पार्टीको विभिन्न महत्वपूर्ण जिम्मेवारी पनि सम्हाल्नुभयो ।

सन् २०१२ देखि २०१७ सम्मा उहाँ भारतको राष्ट्रपति हुनु भएको थियो भने त्यसअघि सन् २००९ देखि २०१२ सम्म संघीय अर्थमन्त्री बन्नुभएको थियो । मुखर्जीलाई भारतमा असल र सम्मानित नेताका रूपमा लिइन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -