स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

डेंगू - डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण - Dengue virus - The Time of Nepal
सेयर गर्नुहोस

२२ साउन : प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेङ्गुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेङ्गुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा डुबानको समस्याका कारण धेरै मानिस घरबारविहीन भएको भन्दै तिनीहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्न आग्रह गर्नुभयो । सांसद महेश्वरजङ्ग गहतराजले तराईमा वर्षैपिच्छे डुबानका कारण ठूलो धनजनको क्षति भएको हुँदा शहरी विकास मन्त्रालयले डुबानमुक्त घरका नक्सा बनाई डुबानमुक्त घर निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

रामकुमारी झाँक्रीले सरकारी अस्पतालभन्दा गैरसरकारी अस्पतामा मानिसको अकालमा मृत्यु भइरहेको र मानिसको जीवन जस्तो अमूल्य चीजलाई लापरवाही गर्ने निजी अस्पताका डाक्टरलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महेश बस्नेतले बनेपा–सिन्धुली सवारी यात्रा गर्ने दोस्रो मुख्य सडक भएको हुँदा उक्त सडकलाई छ लेनको बनाउने विषयमा उचित चासो राख्न भौतिक मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

यज्ञराज सुनुवारले ओखलढुङ्गाको विभिन्न स्थान सुक्खाग्रस्त भएर नागरिक निकै आक्रान्त भएको हुँदा दीर्घकालीनरुपमा स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रङ्गमती शाहीले बजारमा बेच्न राखिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो । सांसद राजेन्द्रप्रसाद गौतमले सङ्खुवासभा जिल्लामा आगजनी भएर जग्गाको नक्सा नष्ट भएकाले पुनःजग्गा नाप्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -