बस खस्दाँ नौको मृत्यु बस खस्दाँ नौको मृत्यु



२६

२१ साउन : भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ ।

तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार ७ः३० बजे सो घटना भएको थियो ।
एन्गेल पब्लिक स्कुलको घाइते भएका विद्यार्थीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते भएका बालबालिकालाई हेलिकोप्टरबाट सो राज्यको क्रृषिकेश शहरमा ल्याउने कोशिष जारी रहेको बताइएको छ ।



बस खाल्डोमा खसेर घाइते भएका ती बालबालिकालाई राज्यको प्रकोप व्यवस्थापन निकायले उद्धार गरी स्थानीय अस्पताल पु¥याइएको छ ।,
उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले यस घटनाप्रति गहिरो दुख व्यक्त गर्नु हुदै यस घटनाको अनुसन्धान गर्न निर्देशन दिनु भएको छ ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि