स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गुणस्तरीय शिक्षा सरकारको प्राथमिकतामा : नेकपा प्रवक्ता श्रेष्ठ

प्रवक्ता नारायणकाजी श्रेष्ठ - The Times Of Nepal - TON
सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा अन्नपूर्ण माविको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “प्राविधिक शिक्षाले हरेक व्यक्तिलाई सक्षम र आत्मनिर्भर बनाउन सहयोग पुग्छ, अब माध्यमिक विद्यालयदेखि नै प्राविधिक शिक्षा अगाडि बढाउने कुरामा सरकार लागिपरेको छ ।”

शिक्षाले व्यक्तिलाई सबल, सक्षम, आत्मनिर्भर र नैतिकवान् बनाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवक्ता श्रेष्ठले शिक्षा, स्वास्थ्यका क्षेत्रमा व्यापार गर्ने छुट कसैलाई नभएको बताउनुभयो । “पैसा कमाउने धन्दा र व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बनाइँनु हँुदैन”, उहाँले भन्नुभयो, “पैसा नै कमाउने भए अरू क्षेत्रमा लागेर व्यापार गर्नुपर्छ ।”

निजी क्षेत्रले यसमा लगानी गर्दा सेवाको भाव लिएर आउनुपर्ने भन्दै उहाँले व्यवसाय गरेर पैसा कमाउन चाहनेहरुलाई उद्योेगधन्दा, कलकारखाना खोल्न सुझाव दिनुभयो । “सबै बालबालिकालाई समान शिक्षा, गुणस्तरीय शिक्षा सरकारको प्राथमिकता हो”, उहाँले भन्नुभयो, “यसमा व्यवसाय गर्न चाहनेलाई सरकारले छुट दिनै सक्दैन ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -