स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए

सेयर गर्नुहोस

२० साउन : अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो ।

गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो ।

अफगान राष्ट्रिय सेनाको विशेष कमाण्डले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएको हो । कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानका ३४ ओटै प्रान्तका प्रान्तीय राजधानीहरुमा अफगानिस्तानको विशेष सैन्य समूह रहेको छ । तर पनि अफगानिस्तानका कैयौँ ग्रामीण क्षेत्रहरु भने तालिबानले कब्जा गरेका छन् । यो पछिल्लो कारबाहीका बारेमा तालिबानहरुका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -