भारतमा सात माओवादी विद्रोही मारिए भारतमा सात माओवादी विद्रोही मारिए



२२

१८ साउन : भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन् ।
जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ ।

मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ ।
सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण दशौ हजारको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।



छत्तिसगढ राज्यको राजधानी रायपुरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने राजनान्ड्गोन जिल्लामा रहेको माओवादी शिविरमा घटना भएको हो ।
“घटनास्थलबाट सात ओटा शव नियन्त्रणमा लिइएको छ,” नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिए ।

ती व्यक्तिका अनुसार सुरक्षाकर्मीहरुले माओवादी विद्रोहीका हातहतियार तथा अन्य बन्दोबस्तीका सामग्रीहरु पनि बरामद गरेका छन् ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि