स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

१८ साउन : मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन् ।

थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए ।
उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारीअनुसार त्यस गोली प्रहारमा परी पाँच जना थुनुवा मारिएका छन् । तर ती थुनुवालाई के कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने उहाँले केही बताउनुभएको छैन ।

उक्त प्रान्त मेक्सिकोको एक ठूलो औद्योगिक क्षेत्रमा पर्दछ । त्यहाँ कार निर्माणका ठूलो कारखानाहरु रहेका छन् । यस कारण पनि यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरु जाने गर्दछन् ।

तर पनि त्यस क्षेत्रमा सरकारले ठूलो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो उद्यमी व्यवसायीहरुको हुने गर्दछ । मेक्सिकोमा अवैध रुपमा लागू औषध ओसारपसार गर्ने विभिन्न आपराधिक समूहहरु विगतदेखि नै सक्रिय रही आएका छन् ।

यस आक्रमणमा पनि तिनै समूहहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ । तर यो कुराको आधिकारिक रुपमा पुष्टि हुन भने सकेको छैन । प्रहरीले आक्रमणकारी आक्रमणकारी को हुन् र किन प्रहरी चौकीमा हमला गरेका हुन् भन्ने बारेमा खोजी थालेको बताएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -