स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी

kukhura
सेयर गर्नुहोस

जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।

यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहनुभएको छ । शुरुमा बोइलर जातको कुखुरापालनमा लाग्नुभएका उहाँले अहिले लेयर्स जातका कुखुरापालन गरिरहनुभएको छ । सुवेदी पोल्टीे फर्ममा अहिले दुई हजार ७०० कुखुरा छन् भने ती कुखुराले दैनिक एक हजार १०० अण्डा उत्पादन गर्दै आएका छन् ।

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने सुवेदीले मासिक रुपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहनुभएको छ । युवा व्यवसायी सुवेदी भन्नुहुन्छ, ‘‘विदेशमा पसिना बगाइयो, त्यहाँ गएपछि मलाई स्वदेशमा नै काम इच्छा जाग्यो अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेको छु ।’’

सुवेदीले अहिले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ । ‘‘पहिला आफँै रोजगारीको लागि विदेश गए, हामीमा व्यावसायिक धारणा नहुँदा दुःख पाइदो रहेछ, अहिले आफैँले पाँच जनालाई रोजगारीसमेत दिएको छु’’ उहाँले भन्नुभयो ।

उहाँले उत्पादन गरेका अण्डा अहिले जिल्लासँगै बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिलेसम्म करीब रु ५० लाख लगानी भइसकेको उहाँको भनाइ छ । शुरुमा खास सहयोग नपाएको भए पनि अहिले सुवेदीलाई गाउँपालिकाले ५०० चल्ला र २० बोरा चारो उपलब्ध गराएको सुवेदीको भनाइ छ ।

गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, “पछिल्लो समय हाम्रो गाउँपालिकामा युवामा कृषिप्रतिको मोह बढेको छ ।” गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोगसँगै अनुदानको पनि व्यवस्था गरिरहेको छ ।’’

स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिको जनाएको छ । युवाहरुमा आएको व्यवसायप्रतिको धारणालाई कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको सङ्ख्यामा कमी ल्याउने गाउँपालिकाको योजना रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -