स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

सेयर गर्नुहोस

१७ साउन :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महीनापछि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

उहाँले बहुपक्षवादलाई प्रवद्र्धन गर्दै नेपाल र मोरक्कोबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच साझेदारी एवं सहकार्य भइरहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -