क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार क्यान्सर पीडितको उपचारका लागि चटपटे व्यापार



१९

तुलसीपुर उपमहानगरपालिका–१४ मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारमा सहयोगका लागि केही युवाहरुले चटपटे व्यापार शुरु गरेका छन् । २० वर्षीय ओलीलाई यही वैशाखदेखि रक्त क्यान्सर भएपछि अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग पु¥याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती युवाहरुले चटपटे व्यापार गरेका हुन् ।

दाङ फिमेना गु्रप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब रु ४३ हजार १५७ आर्जन गरिएको राइट पाथका मेघराज ओलीले जानकारी दिनुभयो । “उहाँको आर्थिक अवस्था कमजोर भएकाले अहिले उपचार सम्भव भएको छैन्”, उहाँले भन्नुभयो, “त्यसैले आफ्नो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने हामीले एक दिन चटपटे बेच्न तयार छौँ भन्ने प्रतिबद्धताअनुसार एक दिन चटपटे बेचेका हौँ ।”
सङ्कलन भएको उक्त रकम बैंकमार्फत पीडित ओलीको खातामा पठाइने भएको छ । ओलीको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको छ । साथै सहयोगका लागि सबैमा आग्रहसमेत गरिएको छ ।




User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

विचार/ब्लग

भिडियो

छुट्यो कि