स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

Lekhnath Paudyal, Kavishiromani, founding father of modern Nepali poetry literature, the times of nepal
सेयर गर्नुहोस

भद्रपुर, १५ साउन : झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गर्नुभएको हो ।

दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताउनुभयो । उहाँले राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको बताउनुभयो ।

पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहनुभएका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -