चार अर्बको अलैँची निर्यात

चार अर्बको अलैँची निर्यात


नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।

Advertisement

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । प्रति मन (४० केजी)को हाल बजार मूल्य रु २८ हजार रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउनुहुन्छ । केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलँैचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउनुहुन्छ ।

वृद्धालाई सम्मान

मानव अधिकारको लागि एकल महिला समूह झापाले आज ७५ वर्ष माथिका वृद्धालाई सम्मानसहित खिर खुवाएको छ ।

परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यतालाई सम्मान गर्दै समूहले भद्रपुर नगरपालिकाभित्रका एकल वृद्धा आमाहरुलाई आज चन्द्रगढीमा विशेष कार्यक्रमको आयोजना गरी खिर खुवाएको हो ।

कार्यक्रममा ८४ वर्षीय मायादेवी पोखरेल, ८२ वर्षीय कालिका विक, ८० वर्षीया लक्ष्मी बस्नेतलगायत १८ जना ७५ वर्षमाथिका आमालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विदेश अध्ययन र रोजगारीमा जाने सन्तानका कारण एक्लै घरमा बस्नुभएका आमाहरुको मिलन गराएर विभिन्न समयमा उहाँहरुलाई भेटघाट गराई दुःखसुख साट्ने अवसरसमेत प्रदान गर्न समूहलाई अनुरोध गर्नुभएको थियो । समूहका अध्यक्ष रेखा अधिकारीले संस्थाले विभिन्न चाडपर्व जस्तै साउन १५ पनि नेपालीका लागि चाड नै भएको हुँदा आमाहरुलाई सम्मानपूर्वक खिर खुवाएको बताउनुभयो । –

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?