उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई यहाँ सम्बोधन गर्दै उहाँले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताउनुभयो ।
“कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ”, उहाँले भन्नुभयो, “ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।” उहाँले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताउनुभयो ।
अहिलेको परिस्थितिअनुसार कर्मचारीतन्त्र आफूलाई परिवर्तन गरेमात्र कर्मचारीतन्त्र रहनेसमेत उहाँको धारणा रहेको थियो । “हिजोको घङधङी, आग्रह, गलग आदतको अभ्यासबाट कर्मचारीतन्त्र चल्दैन”, उहाँले भन्नुभयो, “अव आफूलाई परिवर्तनशील बनाई मुलुक सार्थक निर्माण गर्नतिर लाग्नुपर्दछ ।”
उहाँले कर्मचारीतन्त्र उत्पादकत्व र गुणस्तरीय सेवा दिनुपर्ने समेत बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र दलाल पूँजीवादीको हातमा रहेको भन्दै त्यसलाई बचाउन काम कर्मचारीको रहेको समेत बताउनुभयो ।
“कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ”, उहाँले भन्नुभयो, “ती दुबैलाई मिलाएर असलकार्य संस्कृतिको विकास गर्न जरुरी रहेको छ ।” उहाँले सीमा अतिक्रमण, गैरनागरिकलाई नागरिकता, सार्वभौमसत्तामा अहिले पनि चुनौती थपिएकोले त्यसको बचाउन कर्मचारीको भूमिका रहनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकार परिवर्तन मुख्य नभइ प्रणाली परिवर्तन रहेको उल्लेख गर्दै कर्मचारी प्रणालीपरिवर्तन गर्नतिर लाग्नुपर्ने बताउनुभयो । उहाँले ट्रेड युनियनको अधिकार संविधानमा नै उल्लेख गरिएकोले खारेज नहुने जानकारी गराउनुभयो ।
कार्यक्रममा सङ्गठनका अध्यक्ष केदार देवाकोटाले सरकार सफल बनाउन कर्मचारीले हरतरहले सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा सर्वोकृष्ट जिल्ला कार्यसमितिमा सुनसरी जिल्लालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी प्रदेश नं– १ बाट उदयपुर, प्रदेश नं–२ बाट बारा, प्रदेश नं–३ बाट मकवानपुर, गण्डकी प्रदेशबाट तनहुँ, प्रदेश नं–५ बाट दाङ, कर्णाली प्रदेशबाट दैलेख र सुदूरपश्चिमबाट बाजुरा उत्कृष्ट जिल्लाको पुरस्कार प्रदान गरिएको थियो ।