स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

यसरी गरे, ८८४ जना सांसदहरूको सामुहिक श्राद्द

Sharad, news, सामुहिक श्राद्द
सेयर गर्नुहोस

१५ साउन : सरकारको ध्यान नै नागरिकहरु संग कर र भ्याट कसरी लिने मात्र सोच छ।मुलुकमा सरकारले कर र भ्याट लिए अनुसारको नागरिकहरुलाई सेवा र सुविधाहरू पनि दिन सक्नुपर्छ।पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए।अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर मुलुकलाई बर्बाद पारे।संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए। प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुले मुलुकलाई निकास नदिएर अनिर्णयको बन्दी बनाई रहेका छन।उनले प्रश्न समेत गरे।

राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुर्पयो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन। सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन?राजनीतिक दलका नेताहरूले डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र बेचे , पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार र बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने काम पनि भएको छ। मुलुकमा दिनहुुँ अपराधीकरण र दण्डहीनता बढदै गइरहेको छ।प्रधानमन्त्री,मन्त्रीहरु, सांसदहरु र राजनीतिक दलका नेताहरूले मुलुकको अखण्डता र स्वाधीनतामा आँच र दखल पुर्याउने काम गरिरहेका छन।

नेपालको इतिहासमा नै विक्रम संवत २०५२ साल देखि २०६२÷०६३ साल हुँदै २०७६ साल आजसम्म मुलुक संक्रमण काल बाट गुज्रिरहेको अवस्था छ।विक्रम सम्वत २०६२÷०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ भन्दै स्वतन्त्र नागरिक राकेश कुमार शर्माले आक्रोश पोख्दै ८८४ जना सांसदहरुको श्राद्द गरे।लुट्न सके लुट सरकार जति सक्दो नागरिकहरुलाई लुटन सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट भन्दै आज जिल्ला मकवानपुर हेटौंडाको बुद्ध चोकमा स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले ८८४ जना सांसदहरू मरिसके भनेर सामुहिक रूपमा सांसदहरूको श्राद्द गरेका छन।अब हाम्रो मुलुकमा राष्ट्रहित, जनहित र राष्ट्र विकासको लागी श्री ३ जंग बहादुर राणा र श्री ५ महेन्द्र शाह जस्ता आँटिलो, साहसिक र हिम्मत भएकाको आवश्यकता छ भन्दै मन्त्र उच्चारण गर्दै ८८४ जना सांंसदहरूको श्राद्द गरे । उच्चारण गरिएका मन्त्रहरु :

हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! काशी काशी हाम्रा नेताले खान थाले दुइ महनीनाको बासी भारत वर्षे भारत खण्डे भारतका उत्तर भागे नेपाल खण्ड मध्य भागे प्रधानमन्त्री, मन्त्रीण :, सांसदेन सभभासदह तथा नेतागणेन राजसंस्थायाम सत्ता च्युत कर्मण निमित्तक मिलेक्ष्य राज्यस्य डलर र पाउण्ड द्रव्य संचित कर्मण दुष्ट चरित्र प्रर्दर्शित हिन्दु राष्ट्र एवं हिन्दु धर्म विनिमय कर्म करिश्यते, ०६२÷०६३ संवत सरेण जनआन्दोलन पश्चात लोकतन्त्रेन, प्रजातन्त्रेन, गणतन्त्रेन दुरुपयोग प्रर्दर्शित, संविधान निर्माण कर्मणेन नृत कर्मस्य राज्यस्य ढुकुटीन खल्ती प्रर्दश्यामी तथा प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन तथा नेता मण्डल १९५० को सन्धी मध्य सुगौली सन्धी अन्तर्गत महाकाली सन्धी, टनकपुर सन्धी, गण्डक सन्धी मध्य जो जो प्रधानमन्त्री हुँदै दक्षीण दिशा तिर (अमुक अमुक देश तर्फ) लागे मनोमानी गरी फर्केर आएका नेता मध्य कोही कोही यमलोक लागे बाँकी बचेका नेताहरु मध्य यहाँ आजका दिनमा । (आज मिति २०७६ साल श्रावण १५ गते का दिनमा) प्रधानमन्त्री, मन्त्रीण :, सांसदेन तथा नेतागणेन एकमुष्टेन । (सर्वेसाम जनानाम) श्राद्धम् ।

Sharad, news, सामुहिक श्राद्द
 काँग्रेस्य कोशी र गण्डकी नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 एमालेस्य र काँग्रेस्य मिलीजुली महाकाली र टनकपुर नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
 दशगजा अतिक्रमण जस्ता सुस्ता, महेसपुर, कालापानी र लिपुलेक हस्तारन्तरण भारत तृप्यन्ताम् ।
 संघीयता अफाब सिद्ध तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेच्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले ०६२÷०६३ को जनआन्दोलन पश्चात लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र को दुरुपयोग गरेकोले तृप्यन्ताम् ।
 संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गर्नेहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री , मन्त्री, सांसद र नेताहरु द्धारा प्रदेश नामकरण मुलुक खण्ड खण्ड विभाजन तृप्यन्ताम् ।
 राष्ट्रघाती र विकाऊ प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा राज्यकोष ढुकुटी तृप्यन्ताम् ।
 गिरीजा, सुशील, प्रचण्ड, बाबुराम भट्टराई, कमल थापा, शेर बहादुर देउवा लगायत सम्पुर्ण मधेशवादी पार्टीस्य संघीयता नाम सम्पूर्ण तराई भु–भाग अमुक अमुक देशे तृप्यन्ताम् ।

 सरकारी अस्पतालहरुमा सरकारबाट गरिबका नाममा आउने औषधीहरु तृप्यन्ताम् ।
 नेपाल आयल निगम आपुर्ति तृप्यन्ताम् ।
 शोषक र सामन्तीहरु द्धारा भारत र नेपाल सिमाना बाँध बाधी सम्पुर्ण जनता डुबानमा परी तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा भुकम्प पिडित रकम तृप्यन्ताम्, भुकम्प पिडित तिरपाल तृप्यन्ताम््, भुकम्प पिडित राहत तृप्यन्ताम् ।
 सुकुमबासी समाधान आयोग तृप्यन्ताम् ।
 प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु द्धारा नेपालको २७ वटा उद्योग तृप्यन्ताम् ।
क्रमश : बिराटनगर जुटमिल तृप्यन्ताम् । भृकुटी कागज कारखाना तृप्यन्ताम् । बाँसबारी छाला जुत्ता तृप्यन्ताम् । हेटौंडा कपडा उद्योग तृप्यन्ताम्, । हेटौडा छाला उद्योग तृप्यन्ताम्, । बिरगंज चिनी मिल तृप्यन्ताम् । कृषी औजार कारखाना तृप्यन्ताम् । टिम्बर कार्पोरेशन अफ लिमिटेड तृप्यन्ताम् । जनकपुर चुरोट कारखाना तृप्यन्ताम् । ट्राली बस सेवा तृप्यन्ताम्, । हेटौडा काठमाण्र्डौ रोपवे तृप्यन्ताम् । चौबार सिमेन्ट उद्योग तृप्यन्ताम् । बुटवल धागो कारखाना तृप्यन्ताम् । बालाजु कपडा उद्योग तृप्यन्ताम् । हरि सिद्धी ईंटा उद्योग तृप्यन्ताम् । आदी इत्यादी सरकारी उद्योग र कल कारखानाहरु तृप्यन्ताम् ।
 काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गलाई ठगी खाने भाँडो बनाउनेहरु तृप्यन्ताम् ।
 निर्वाचन अयोगले निष्पक्ष निर्वाचन गराउन नसकेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
 निर्वाचन आयोगले निर्वाचनमा आचारसंहिनता उल्लंघन गर्नेहरुलाई कार्वाही नगरेकोले निर्वाचन अयोग तृप्यन्ताम् ।
 स्थानीय तह निर्वाचन पश्चात स्थानीय तहका जन प्रतिनिधी हरु बाट कर वृद्धि गरेकोले स्थानीय निकायहरु तृप्यन्ताम् ।
 पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार तृप्यन्ताम् ।
 नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार तृप्यन्ताम् ।
 बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने तृप्यन्ताम् ।
 यो देश बेची लुटेर खाने लुटेराहरु तृप्यन्ताम् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -