दुई अमेरिकी सेना मारिए

दुई अमेरिकी सेना मारिए


काबुल, १४ साउन : – एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो ।
अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन ।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताउनु भएको छ ।
यस सहकर्मी आक्रमणमा परी दुई अमेरिकी सैनिक मारिनुको साथै अन्य घाइते भएका कसमले बताउनु भएको छ ।
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अमेरिकी सेनाको हत्या गर्ने व्यक्ति आफ्ना लडाकू नरहेको स्पष्ट गर्दै ती देशभक्त व्यक्ति अफगान सैनिक नै भएको दाबी गरेका छन् ।
कान्दाहार प्रान्तका गभर्नर प्रवक्ता बहिर अहमादीले अफगान सैन्य शिविरमा उक्त घटना भएको पुष्टि गर्नु भएको छ ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?