स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

बाढी पीडितलाई पुनःस्थापना गर्न–मुख्यमन्त्री राउतको जोड

सेयर गर्नुहोस

काठमाडौँ, १४ साउन : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हालै आउको बाढीेले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको पनि क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पु¥याउन प्रदेश तथा स्थानीय सरकारको क्षमता बाहिर भएकाले केन्द्रीय सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।
उहाँले प्रदेश नं २ लाई बाढी पीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग माग गर्नुभयो । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा मुख्य मन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँको आठ जिल्लामा ठूलो क्षति पु¥याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमण्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

केन्द्रसरकार तथा प्रदेशको संयुक्त पहल आवश्यक भएको महसुस गरी आफूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, र ऊर्जामन्त्री वर्षमान पुनसँग भेटी बाढी पीडितको उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेकामा उहाँहरुबाट सकारात्मक आश्वासन पाएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पु¥याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी पनि दिनुभयो । लालबकैया, वाग्मती तथा रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनी बाढीको मार व्यहोर्नु परिरहेको बताउँदै उहाँले आफूले यसबारे पटकपटक ध्यानाकर्षण गर्दा पनि केन्द्र सरकारले चासो नदिएको गुनासो गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -