स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

अध्यक्ष दाहाल युएई प्रस्थान

CPN-M Chairman Pushpa Kamal Dahal 'Prachand'
सेयर गर्नुहोस

पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उहाँकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहनुभएको छ । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -