स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

‘पत्रकार आचारसंहिता’ संशोधनको तयारीमा

सेयर गर्नुहोस

प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ ।

संशोधनका लागि काउन्सिलले सरोकारवाला सङ्घसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव सङ्कलनको लागि पत्राचारसमेत गरेको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो ।

समयसापेक्ष संशोधन गर्नुपर्ने छुट विषय र सुझावहरू भए एक हप्तासम्ममा रायसुझाव दिन पत्रमार्फत् काउन्सिलले सम्बन्धीत सबै पक्षलाई आह्वान गरिएको छ । यो वर्ष काउन्सिलको स्वर्णजयन्ती वर्ष भएको अवसरमा संशोधित तथा परिमार्जित आचारसंहिता सार्वजनिक गर्नाका साथै प्रेस काउन्सिल एवं पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ । २०७३ साल असोज ६ गते देखि लागू भएको ‘पत्रकार आचारसंहिता, २०७३’ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत पत्रकारले गर्नुपर्नेमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन, मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सम्पादकीय स्वतन्त्रताको सम्मान र गोप्य स्रोतको संरक्षणलगायत १५ बुँदामा उल्लेख गरिएको छ ।

त्यसैगरी पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण र बीभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण गर्न नहुनेलगायत १५ बुँदामा उल्लेख गरिएको छ ।

स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गर्ने, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबीच सौहाद्र्रपूर्ण सम्बन्ध कायम राख्ने र सार्वजनिक नैतिकता तथा नागरिकहरूको मर्यादा कायम राख्न लगाउने लगायत विभिन्न उद्देश्यले विसं २०२७ मा प्रेस काउन्सिल नेपालको स्थापना भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -