स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

पहिरोमा परी ३८ को मृत्यु

सेयर गर्नुहोस

१३ साउन : चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ ।

दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् । गत मङ्गबार नै सो क्षेत्रमा पहिरो गएको थियो ।

तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

सो पहिरोमा हराइरहेका नागरिक खोजी कार्य भईरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -