स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

लीलाध्वज प्रतिष्ठानको मासिक रचना वाचन सम्पन्न

सेयर गर्नुहोस

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि प्रा• गोपीकृष्ण शर्माले ‘आफ्ना रचनाको शक्ति र सीमा थाहा पाउने विशिष्ट मञ्च बनेको छ,ट लीलाध्वज थापा साहित्य प्रतिष्ठान ।

यसले नवोदित कविको रचना परिष्कारको मार्ग प्रशस्त मात्र गरेको छैन, परिष्कृत कविहरुलाई आफ्नो काव्यिक क्षमता प्रष्फुटन गर्ने विशेष मञ्च पनि प्रदान गरेको छ ‘ भन्नुभयो । बहुआयामिक व्यक्तित्वका धनी सूब सेन ओलीलाई उक्त कार्यक्रममा शर्माले खादा पहिराई तथा सम्मान-पत्र अर्पण गर्दै सम्मान गर्नुभएको थियो । सूब सेन ओलीका देशभक्ति र जनमुक्तिका लागि युवा, मेरो सपना र मेरो विपना, डाँडाको जून, अँध्यारो परिवेशभित्र, झोपडीतिर ,शहीदको रगत, अभिवादन: नयाँ विश्व निर्मातालाई, थारूको खोजी: कैलालीको बास,गौचरणदेखि गौपूजासम्मलगायत साढे चार दर्जन कृति प्रकाशित भइसकेका छन् ।

प्रजिअदेखि सम्विधानसभा सदस्यसमेत बनिसक्नुभएका सूब सेनख ओलीको व्यक्तित्व र कृतित्वबारे प्रतिष्ठानका सल्लाहकार ठाकुर शर्मा भण्डारीले सङ्क्षिप्तमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सुजिता पौडेल, केवल कार्की , सुवास पराजुली, पुष्पा धमला, टीएन भट्ट, सुशान्त के•सी•, रुद्र अधिकारी, प्रकाश वस्नेत ‘गफाडी ‘, लुमन्ती चित्रकार, डा• सत्यराज थपलिया, गणेशप्रसाद खतिवडा, शिवराम खड्का, द्वारिका कुइंकेल,मिसन अधिकारी, नम्रता उप्रेती, उर्मिला पन्त पाण्डेय,जनार्दन अधिकारी ‘धड्कन ‘,राजेन्द्र घिमिरे ‘सागर’,रमेश बलामी, लब खड्का, उमा दाहाल,गङ्गा आचार्य, धरणीधर गुरागाईं लगायत पाँच दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए ।

साहित्यिक अध्येता डा• गोविन्दमान सिँह कार्कीले कार्यक्रमको उपादेयता बारे सारगर्भित मन्तब्य राख्नु भएको थियो । प्रतिष्ठानकाअध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमको सहजीकरण माधव घिमिरे ‘ अटल ‘ ले गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -