स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

वर्षात्को पानी सङ्कलनले सहयोग पुग्छ’

सेयर गर्नुहोस

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले संविधानले प्रदत्त गरेको स्वच्छ खानेपानीको अधिकार प्रदान गर्न वर्षात्को पानी सङ्कलनले सहयोग पुग्ने बताउनुभएको छ ।

‘जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि वर्षाको पानीे सङ्कलन’ सम्बन्धी दुईदिने सम्मेलनको आज समापन गर्दै उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न पानी सङ्कलन तथा व्यवस्थापनले सहयोग पुग्ने बताउनुभयो । मन्त्री मगरले नेपालका शहरी क्षेत्रको संरचना वर्षात्को पानी तर्काउने ढङ्गले निर्माण गरिएकाले पानी जमीनमा पुनःभरण हुन नपाएर स्रोतहरु सुक्ने तथा छोटो समय परेको पानीबाट समेत बाढी र पहिरोको समस्या देखिने बताउनुभयो । “पानी अभावका कारण महिनावारी हुँदा महिलालाई विभेद् हुने गरेको छ”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री गणेश साहले सम्मेलनले वर्षात्को पानी सङ्कलन र व्यवस्थापनबारे ज्ञान बढाएको बताउनुभयो । उहाँले नगरपालिकाका निर्वाचित प्रमुखको सहभागिताले पानीको सङ्कट भोग्दै आएका नगरपालिकाले सङ्कट टार्नका लागि वर्षात्को पानी घरघर र समुदायमा उपयोग गर्ने कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने बताउनुभयो ।

‘स्मार्ट वास’का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले वर्षात्को पानी सङ्कलन र व्यवस्थापन कार्यमा सम्मेलनबाट सहयोग पुगेको बताउनुभयो । सम्मेलनमा ३० कार्यपत्र प्रस्तुत गरिएका थिए भने सात बुँदे सङ्कल्प प्रस्तावसमेत पारित भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -