स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

चीनमा निजी विद्यालय बढे

सेयर गर्नुहोस

११ साउन : चीनमा निजी विद्यालयहरुको संख्यामा बृद्धि भएको पाइएको छ ।

सन् २०१८ मा मात्रै ५ हजार ८१५ निजी विद्यालयहरु थपिएर कुल संख्या एक लाख ८३ हजार पाँच सय पुगेको अधिकारीहरुले जनाएका छन् ।

देशमा रहेका कुल विद्यालयहरु मध्ये ३५.३६ प्रतिशत निजी विद्यालयहरु रहेको पनि तथ्याङ्कले देखाएको छ ।
चिनियाँ शिक्षा मन्त्रालयले सार्वजनिक गरेको यो तथ्याङ्क सन् २०१८ सम्मको मात्रै हो ।

निजी विद्यालयहरुमा ५ करोड ३० लाख ७८ हजार विद्यार्थीले पढ्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सन् २०१७ को तुलनामा सन् २०१८ मा ५.०३ प्रतिशत विद्यार्थी बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -