स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

‘प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र’

nepal polic
सेयर गर्नुहोस

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागुऔषध प्रयोग गर्नबाट छुटाउनका लागि प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लो समय मुलुकमा लागुऔषध प्रयोगकर्ता बढेका र लागुऔषध नियन्त्रण गर्न प्रत्येक प्रदेशका दुई÷दुई स्थानमा परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । “लागुऔषध नियन्त्रण गरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो, समुदायसँगको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रण गर्न यसबाट सहयोग पुग्नेछ”, महानिरीक्षक खनालले भन्नुभयो ।

एम्बुलेन्समासमेत लागुऔषध कारोबार हुनेगरेको भन्दै उहाँले यसलाई निर्मूल पार्न सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । महानिरीक्षक खनालले सडक सुरक्षित भए मात्र दुर्घटनामा कमी आउने र सुरक्षित सडक निर्माणका लागि ट्राफिक प्रहरीको साथसाथै चालकको पनि उत्तिकै जिम्मेवारी रहने बताउनुभयो ।

मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति विस्तारै कम हुँदै गएको उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सडक सुरक्षा र लागुऔषध नियन्त्रणलाई विद्यालयको पाठ्यक्रममासमेत समावेश गरी विद्यार्थीलाई अध्ययन गर्न लगाउनुपर्ने बताउनुभयो ।

“लागुऔषध नियन्त्रण गरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो, समुदायसँगको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रण गर्न यसबाट सहयोग पुग्नेछ”,

उहाँले सभ्य समाज निर्माणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । नार्कोनन् नेपालका कार्यकारी निर्देशक वसन्तराज कुँवरले मुलुकका लागि लागुऔषध दुव्यर्सनी चुनौतीपूर्ण बन्दै गएको र यसलाई कम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका उपाध्यक्ष दिपीका थापाले बालबालिकालाई लागुऔषध र सडक सुरक्षाको बारेमा जानकारी दिनुपर्ने बताउनुभयो । सडक सुरक्षाको बारेमा जानकारी दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले चालकको लापरवाही, तीव्रगति, मापसेलगायतका कारण दुर्घटना बढ्दै गएको बताउनुभयो ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले २०६९ सालदेखि हालसम्म ब्यूरोले जथाभावी रुपमा लागुऔषध ओसारपसार गर्ने ९६ विदेशी नागरिकसहित दुई हजार ५२८ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -