स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

फेडएक्सको दावी गलत : चीन

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी
सेयर गर्नुहोस

बेइजिङ, चीन, १० साउन : संयुक्त राज्य अमेरिकामा हुवावेका सामानको गलत वितरण भएको भन्ने अमेरिकी बहुराष्ट्रिय कुरियर कम्पनी फेडएक्सको दावी सही नभएको चिनियाँ अधिकारीहरूद्वारा गरिएको एक अनुसन्धानले बताएको छ ।

अमेरिकी कम्पनी फेडएक्सले प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका चीनमा आउनुपर्ने सामानको कम्तीमा १०० पाकेटलाई रोकेर राखेको हुनसक्ने अनुसन्धानले देखाएको छ ।

चिनियाँ अनुसन्धानकर्ताहरूले उक्त कम्पनीद्वारा सम्झौता विपरीत अन्य उल्लङ्घन गरेका छनकसमेत पत्ता लगाएको जनाइएको छन् ।

चिनियाँ अधिकारीले यस बिषयमा बृहत्, वस्तुनिष्ठ र न्यायिक आधारमा थप गहिराइमा पुग्ने गरी अनुसन्धानलाई निरन्तरता दिने पनि बताएका छन् ।

चासोका बिषयलाई गम्भीररूपमा तोडेको आरोपका आधारमा चीनले अनुसन्धान अघि बढाएको थियो ।

यसबाट अमेरिकी उक्त कम्पनीले चीनमा एउटा सामान तथा कागजातको शीघ्र ढुवानीका लागि गरेको कानून तथा नियमको वर्खिलाप भएको चिनियाँ अधिकारीको ठहर छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -