स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

दुई घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

pradip-kumar-gayali
सेयर गर्नुहोस

गुल्मीको सत्यवती गाउँपालिकास्थित लुम्पेकको पहिरोमा परी घाइते भएका दुई बालिकालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा राहत लिएर गएको हेलिकप्टरमा राखेर स्थानीय १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुलाई थप उपचारका लागि आज काठमाडौँ ल्याइएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिनुभयो ।

उनीहरुलाई उपचारका लागि केहीबेर अघि मात्रै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले २४ घण्टाको अथक प्रयासमा दुई बालबालिकाको उद्धार गर्न सफल भएको र सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा राहत सामग्री पु¥याउन सफल भएको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीसहितको टोली मङ्गलबार पहिरो प्रभावित क्षेत्रमा गएको थियो । आज हेलिकप्टरबाट घाइते दुई बालिकाको उद्धार गरी टोली फर्किएको हो ।

सो क्रममा पहिरो पीडितलई २० क्वीन्टल चालम, दुई क्वीन्टल दाल, एक क्वीन्टल चिउरा तथा चाउचाउसमेत वितरण गरिएको छ । उनीहरुलाई अस्थायी वासस्थानका लागि ६० वटा त्रिपालसमेत वितरण गरिएको संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -