स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

अफगानिस्तानमा चार प्रहरीसहित छ जना मारिए

सेयर गर्नुहोस

८ साउन : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ ।

उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा यहाँका प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ । त्यस क्रममा मङ्गलबार अपरान्ह छ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

दाराबाद जिल्लाको सुल्तान मिरमा रहेको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए । हतियारसहित ठूलो संख्यामा आएका तालिबानहरुले त्यस प्रहरी चौकीमा हमला गरेपछि दोहोरो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा चार जना प्रहरी र दुई जना तालिबान मारिएका सो जिल्लाका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । केही घन्टा उक्त भिडन्त चलेको थियो । त्यस क्रममा अरु दुई जना प्रहरी र चार तालिबान घाइते भएका छन् ।

अफगानिस्तानको फराह प्रान्तमा तालिबानहरु विगतदेखि नै सक्रिय रही आएका बताइन्छ । यो पछिल्लो झडपको विषयमा उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -