स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शुरु

सेयर गर्नुहोस

पोखरामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेकपा कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास र विस्तार तथा खेल क्षेत्रमा समृद्धि प्राप्त नगरेसम्म देशमा सोचेजस्तो समृद्धि हासिल गर्न नसकिने स्पष्ट पार्नुभयो । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पुष्पलालको विचार अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

नेकपा कास्कीका नेता दामोदर वैरागीले एकताबद्ध कम्युनिष्ट पार्टी बनाउने पुष्पलालको सपना अहिले पूरा भएको र दुई तिहाई मतसहितको वर्तमान सरकारले जनचाहना पूरा गर्ने बताउनुभयो । विगत वर्षमा प्रदेश र जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यस वर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा भेट्रान्सतर्फ ४५ वर्षभन्दा बढी र ५५ वर्षभन्दा बढी उमेर समूहको खुला तथा गण्डकी प्रदेशस्तरीय पुरुष डबल्स खुला र जिल्लास्तरीय पुरुष डबल्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय खुलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ५० हजार, रु ३० हजार र रु १० हजार, खुला गण्डकीस्तरीय र खुला भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -