स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

१७ बर्ष मै IT कम्पनीका मालिक बनेका न्यौपाने

सेयर गर्नुहोस

सानै उमेरमा व्यवसायमा लागेका टोखा नगरपालिका–०१ काठमाडौँमा घर भएका उत्सव न्यौपाने भर्खर २० वर्ष पुरा भएका छन् । १७ बर्षकै कलिलोे उमेरमै आफ्नै व्यवसाय सुरु गरेका न्यौपानेको व्यस्तता अहिले निकै बढेको छ र उनी सानै उमेरका देखिन्छन् तर न्यौपानेको अनुभव भने यस व्यवसायमा उदारणीय छ ।

उनि Nyaupane Techno Suppliers  नामक IT कम्पनीका मालिक हुन् । हाल उनि विविन्न प्राबिधिक सामाग्रीहरुको आयात गरि बिक्रि बितरण गर्ने गरेका छ्न जसमा CCTV Camera, Smart Board, Intercom System, E-Attendance System लगायतका समानहरुको प्रमुख कारोवार गर्ने न्यौपानेले नेपाल भरि नै आफ्नो सेवा सुविधा दिदैँ आएका छन् ।

हाल न्यौपानेको व्यस्तता आफ्नै भनाईमा ?

अहिले हरेक व्यवसाय गर्नेहरुका लागि असार मसान्तको चटारो छ । म पनि भर्खर पुरानो आर्थिक वर्षको काम सकेर नँया आर्थिक वर्ष सँगै केहि नँया कामहरु सुरुवात गर्न लागेको छु । हाल मैले स्कुल, कलेज लगाएतका ठुला कम्पनीलाई अति नै उपयोगी नँया Product IWB नामक भर्खर मात्र चिन सँगको सहकार्यतामा NTS मार्फत नेपालमा आयात गर्न सफल भएको छु । जुन हाम्रो देशको लागि निकै नँया मान्न सकिन्छ । अहिले म यसलाई मार्केटमा चिनाउने र बजारमा उपलब्ध बनाउने काममा अलि ब्यस्त छु भने मेरो नियमित कारोवार गर्ने Product र सेवा सुबिधाहरु पनि निरन्तर प्रदान गरि नै रहेको छु ।

नँया Product IWB नामक भर्खर मात्र चिन सँगको सहकार्यतामा NTS मार्फत नेपालमा आयात गर्न सफल भएको छु ।यदि समय सँगै यहाँको वावारणमा घुल्न सकिएन भने छिन् भरमै आफ्नो लगानी धराप पर्ने कुरा सुनिश्चित छ ।हामी जस्ता नँया पुस्ताहरु जसले केहि आस लिएर यहाँ देखिएका छन् । उनिहरुलाई यहि आफ्नै देशमा टिकाउने र मार्केटमा बिकाउनको लागि सरकारको पनि केहि ध्यान आकषण गरोस्,

कठिनाई र सहज पक्षहरु उनकै भनाईमा ?

व्यवसायको सुरुवात मैले सानै उमेरमा गरेको हुँदा सबै भन्दा पहिले त मैले आफ्नै उमेरको कारणले गर्दा धेरै ठाउँमा धेरै पटक असहजता भने पक्कै पनि भोग्नु पर्यो । त्यस्तै समाजकोे दृष्टिकोणमा, १७ बर्षको काँचो केटा सँग लाखौंको कारोवार गर्नु कसरि ?
यस्ता किसिमका समस्या र भोगाईलाई अवसरको रुपमा परिणत गर्दै यहाँसम्म आएको छु । हुन पनि हो, हेर्दा भर्खरको सानै देखिने केटाले लाखौको कारोवार गर्नु र ग्रहाकहरुलाई आफु प्रति विश्वास दिलाउनु र उनिहरुसँग आगाडी बढ्ने काम सुरुमा सहज भने थिएन तर बिस्तारै आफ्नो उमेर र काम सँगको अनुभवबाट सहज हुदै गयो ।

अनि अर्को, म आफ्नो सरकार र सरकारी नीति प्रति पनि केहि असहमति छु किन कि जब एक नँया योजना, नँया सोच, नँया शक्ति लिएर नँया पुस्ता यहाँ लगानी गरेर केहि आफ्नै ठाउँमा गरम भन्ने विचारका साथ आफ्नो भबिस्य शुरुवात गर्न कदम चाल्ने साहस गरि आगाडी बढ्छन् तर यहाँ यस्ता ब्यक्तिहरुको लागी कुनै पनि किसिमको व्यवस्था र सहज वातावरण भने मैले कहिकतै भेटेको छैन । जसको लागी मैले हाम्रो सरकारी तहबाट पनि कुनै भिन्न खालको योजना लागु भएको भेटेको छैन धेरै योजना सुने पनि त्यस्को उपभोग भने गर्न पाएका छैन । त्यस्तै, यदि समय सँगै यहाँको वावारणमा घुल्न सकिएन भने छिन् भरमै आफ्नो लगानी धराप पर्ने कुरा सुनिश्चित छ । सबै भन्दा दुख लाग्दो पक्ष त यो छ कि जब यस्ता समस्या लिएर न्यायलय तथा गुनासो लिएर गुनासो पोख्ने ठाउँ जहाँ तपाई न्याको आस गर्नु हुन्छ तर त्या पुगेर पनि तपाईले न्याय पाउनुहुन्छ भन्ने केहि ग्यारन्टी भने छैन । जुन कुरा हाम्रा नेपाली दाजुभाइ दिदि बैनी ले पनि राम्रो सग बुझेर होला उहाँहरुको सुरक्षित भविस्यको सुनौलो संसार हाम्रो देश न भै बिदेश बनेको कुरा हामी माज प्रष्ट नै छ ।

त्यस्तै मेरो सहज पक्ष भन्नु नै पहिलो त मेरो परिवार नै हुनुहुन्छ जसको साथ र सहयोगले जस्तो सुकै समस्या आएता पनि मेरो आत्माविश्वासमा कमि आउन पाएको छैन । मेरो परिवार जसले मेरा हरेक योजनाहरु र म माथि आँखा चिम्लेर विश्वास गर्नु हुन्छ त्यो नै मेरो लागि यहासम आउने मेरो हतियार हो । त्यति मात्र होइन यहाँ त्यस्ता ब्यक्तिहरु हुनुहुन्छ जो सँग यहि दौडान भेट भो उनिहरुले मेरो र म जस्तो अरु नँया पुस्तालाई दिएको हौसला र साथ मरो लागि साँच्चि नै अतुलनिय छ ।

अन्त्यमा,
आजको बाध्यता हजारौं युवाहरुको बैदेसिक रोजगारीको लागि आफ्नो देशलाई छोड्नु पर्ने छ जुन कुरामा मेरो देसले अवसर नदिनु र युवाले आवसरको खोजि नै नगर्नु दुवै पक्षको कम्जोरी म देख्छु । यस्लाई मेरो सरकारले पनि निकै चासोको विषय बनाओस् र गहिरो आध्यन गरोस् म चाहन्छु । आजको पानी पधेरो बनेको बनेको “विदेश“ लाई हाम्रा दाजुभाई दिदीबैनीले पनि आफ्नो सुनिचित भविस्यको लागि पहिलो रोजाइ नेपाल नै बनाउन मेरो चाहना ! मेरो सरकार पनि हामी जस्ता नँया पुस्ताहरु जसले केहि आस लिएर यहाँ देखिएका छन् । उनिहरुलाई यहि आफ्नै देशमा टिकाउने र मार्केटमा बिकाउनको लागि सरकारको पनि केहि ध्यान आकषण गरोस्, म चाहन्छु । आज मेरा स–साना भाइ बहिनीले कक्षा कोठामा पढ्दै गरेको,

“आजका हामी कोपिला, भोलि त फुल बन्नेछौ !
काधमा काध मिलाई, यो देशलाई तान्ने छौ !!
भन्ने कुरा त्यो किताबमा मात्र सिमित नरहोस् ! मातृभुमीमा फुल्न खोजेका कोपिला देश चिनोस् र हाम्रै फूलबारीमा रोपेर देशलाई सजाओस मेरो कामना !!!  –न्यौपानेकै भनाईमा ।

सेयर गर्नुहोस

योगदानकर्ता

+भुवन अर्याल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -