स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलन : सभापति देउवा

Sher Bahadur Deuba, President of the Nepali Congress ,latest news
सेयर गर्नुहोस

काठमाडौँ, ६ साउन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल, मानवअधिकारलगायत प्रेस स्वतन्त्रता मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने विधेयक सुधार नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलले आज जोरपाटीमा आयोजना गरेको बिपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको भावना विपरीत स्वतन्त्रता कमजोर हुने गरी बनाइने कुनै पनि कानूनका विरुद्ध सदन र सडकमा आन्दोलनमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । बिपी राजनीति, दर्शन र साहित्यको त्रिवेणीका रुपमा नेपाली समाजमा स्थापित हुनुभएको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो ।

कार्यक्रममा काङ्ग्रेस सह–महामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यताका जगमा मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुनसक्ने बताउनुभयो । दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारका बेला स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारका घटना बढेको उहाँको आरोप थियो ।

पार्टी केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बिपी नेतृत्वको १८ महिने सरकारले आजसम्म देशलाई प्रभाव पार्ने काम गरेको स्मरण गर्नुहुँदै २०१७ पुस १ गतेको शाही कू नभएको भए आजसम्म देश समृद्धिको यात्रामा अघि बढिसक्ने थियो भन्नुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेत, पूर्वमन्त्री तारणिदत्त चटौत, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, महासमिति सदस्य विमल ठकुरी, सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानालगायतले बिपीले राजनीति, साहित्य र दर्शनको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

सो अवसरमा २०१५ सालको संसदीय निर्वाचनमा क्षेत्र नं २६ बाट निर्वाचित सांसद ९४ वर्षीय तेजमान तुम्बाहाम्फे, बराह नगरपालिका सुनसरीका रवीन्द्र राई र सुनसरीकै मिसरु मियाँलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको कदर गर्दै रु एक÷एक लाख राशिको पुरस्कार प्रदान गरिएको थियो ।

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन : नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले आज हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाउनुभयो ।

नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो । बिपीको आदर्शलाइ आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -