स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

राष्ट्रिय पूँजी निर्माणमा अर्थमन्त्रीको जोड

Yuba Raj Khatiwada - Dr. Yuvraj Khatiwada ,finance minister of Nepal - the times of nepal - thetimesofnepal
सेयर गर्नुहोस

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माण वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभएको छ । उहाँले त्यसमा सघाउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग आज अपराह्न आफ्नै कार्यकक्षमा भएको भेटमा अर्थमन्त्री खतिवडाले उद्योगका पूर्वाधार बनाउनेलगायत कामलाई उच्च प्राथमिकता दिइएको बताउनुुभयो । स्वच्छ, पारदर्शी र इमानदारीपूर्वक व्यवसाय गर्न आग्रह गर्दै उहाँले अनौपचारिक व्यापारबाट विमुख हुनुपर्नेमा जोड दिनुुभयो । योगदानमा आधारित सामाजिक सुुरक्षा योजना, स्थायी लेखा नम्बर (प्यान), मूूल्य अभिवृद्धि कर (भ्याट), ढुवानी व्यवसायमा भ्याटलगायत आर्थिक नियमले गरेका व्यवस्था कार्यान्वयन गर्नुको विकल्प नरहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

डिजेलमा भ्याट फिर्ता गर्न नसकिने तथा भ्याट छल्नेलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तरलता व्यवस्थापनमा बाह्य स्रोत परिचालन गर्न सकिने तथा उद्यमी–व्यवसायीका मनासिब समस्या हल गर्न सकिने बताउनुुभयो ।

यसैबीच महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिनुुभयो । रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले अर्थमन्त्रालयका दुुई, महासङ्घका दुुई तथा एकजना विषयविज्ञ रहेको पाँच सदस्यीय कार्यदल गठन गर्ने मन्त्रिस्तरीय निर्णय भएको बताउनुुभयो । ढकालका अनुसार राजश्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय मन्त्रिपरिषद्बाट निरुपण गरिनुपर्ने विषयलाई कार्यदलले निक्र्योल गर्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -