स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

सेयर गर्नुहोस

होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा यही साउन ११ र १२ गते हुने भएको छ ।
छरिएर रहेका साना, मझौला तथा तारे होटल तथा पर्यटन व्यवसायीलाई एकै ठाउँमा आबद्ध गराउँदै पर्यटन विकासमा काम गर्ने उद्देश्यले स्थापना भएको सो सङ्घले सन् २०२० को नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने लक्ष्यका साथ सो अधिवेशन गर्न लागिएको सङ्घका प्रदेश संयोजक सन्तोष उप्रेतीले बताउनुभयो ।

सन् २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा सरकारको उक्त अभियानलाई टेवा पु¥याउन कटिबद्ध भएर लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको अभियानसँगै व्यवसायी आफैँले पर्यटकीय स्थानअनुसारको कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौँ ।”

सङ्घले ‘व्यावसायिक एकता हाम्रो प्रतिबद्धता, पर्यटक प्रवद्र्धनमा निरन्तर सक्रियता’ भन्ने नाराका साथ विभिन्न पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन एवं अवलोकन गर्दै आएको जनाएको छ । वैदेशिक रोजगारीमा पलायन भएको युवावर्गलाई होटल तथा पर्यटन क्षेत्रमा स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउनुपर्नेमा जोड दिँदै होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउने, सम्पदाको प्रचार÷प्रसार र संरक्षण तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको सङ्घले अधिवेशनमा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ ।

काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घको व्यवस्थापनमा हुने लागेको सो अधिवेशनमा प्रदेशभरिका ४५० भन्दाबढी व्यवसायीको सहभागिता रहने जनाइएको छ । यसअघि नुवाकोट जिल्लामा विसं २०७४ फागुन १४ र १५ गते होटल तथा रेस्टुराँ व्यवसायीको भेलाले सङ्घको तदर्थ समिति गठन गरेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -