स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

जुवाखालबाट सात जना पक्राउ

जुवाको खाल
सेयर गर्नुहोस

भक्तपुर, ४ साउन: महानगरीय प्रहरी वृत्त जगातीले आज सूर्यविनायक नगरपालिका–६ स्थित चिरन थापाले सञ्चालन गरेको ‘करण क्याफे’मा जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई रु ७० हजारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यस्तै सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई रु एक लाख ३३ हजारसहित पक्राउ गरेको थियो । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट रु ६७ हजारसहित छ जनालाई पक्राउ गरेको थियो ।

गाँजासहित दुई जना पक्राउ

चितवनमा गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ थेखडियाका कुमारी महतो र भरतपुर महानगरपालिका–११ का विजय कुमाल रहेका छन् ।

महतोलाई ७०० ग्राम गाँजासहित उनकै घरबाट तथा कुमाललाई २६० ग्राम गाँजासहित भरतपुर महानगरपालिका–५ स्थित भीमवली सामुदायिक वनबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुवैलाई पदमपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -