स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ :पशुबलि रोक्न शान्ति पदयात्रा

खसीबोका, goat, dashain - the times of nepal
सेयर गर्नुहोस

पशुबलिको विरोधमा बाराको कलैयामा आज शान्ति पदयात्रा निकालिएको छ । ‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ प्लेकार्ड बोकेर उक्त पदयात्रा निकालिएको थियो ।

बारा महिला विकास मञ्च र पशु कल्याण सङ्घ नेपालको सहकार्यमा निकालिएको शान्ति पदयात्रा विभिन्न स्थान परिक्रमा गरी धर्मशालामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा पशु कल्याण सङ्घ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले पशुलाई पनि मानवको जस्तै मायाको खाँचो रहेको बताउनुभयो ।

धर्मको नाममा गरिँदै आएको पशुबलि रोक्नका लागि समुदायको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेत्री राधा साहले भाकललाई न्यूनीकरण गर्न सके पशुबलि रोक्न मद्दत पुग्ने बताउनुभयो । दलित अधिकारकर्मी किसमतिदेवी राम, स्नेहा केयरका निर्देशक कपिल काफ्ले, पशु कल्याण अभियन्ता विकेश श्रेष्ठ, महिला विकास मञ्चका अध्यक्ष कलावती पासवानलगायतकाले पशुबलि रोक्न चेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -