स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

लोभ लाग्दो व्यावसायिक फूलखेती

सेयर गर्नुहोस

–कृष्ण दर्नाल

तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् ।

प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन् । शहरी क्षेत्रमा बढ्दो आवास निर्माणले हरियाली हराउँदै गएको छ । मानिस हरियाली गुमेपछि घरको आसपासका क्षेत्रमा रङ्गी विरङ्गी फूल रोपेर सुन्दर बनाउन चाहने कारणले फूलको नर्सरी सबैको आकर्षणको केन्द्रका रुपमा बदलिएको हो ।

फूलखेतीबाट रु १२ लाखसम्म आम्दानी

फुलिरहेको फूल घर वरपर तथा घरभित्र गमलामा फूल रोपेर हरियाली बनाउनेको सङ्ख्या बढ्दो छ । गुप्ताले पाल्पामा उत्पादित फूलखेतीबाट वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी गर्ने बताउनुभयो । व्यावसायिक फूलखेतीका लागि पाल्पाको हावापानी राम्रो रहेकाले आफूले यहाँ उहाँको भनाइ छ ।

विसं २०७० मा रु २० लाख लगानीमा १३ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती शुरु गरेको उहाँले सुनाउनुभयो । नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोलीसमेत नर्सरीमा टहलिने काम हुन्छ । नर्सरीमा उत्पादित फूल जेरिनियम, पिटोनिया, पेन्जी, सयपत्री, गोदावरी, कुविजा, भर्विना, देनथस, डालिया, लालुपाते, लिलियम, गेजनिया, हंशराज, काउली फूल, सालवियालगायतका दुई दर्जन बढी थरिका फूल उत्पादन गरिन्छ ।

१४ जनालाई रोजगारी

यस नर्सरीमा चार जनाले स्थायीरुपमा मासिक पारिश्रमिक पाउँछन् । १० जनाले दैनिक ज्यालादारी रुपमा रोजगारी पाएका गुप्ताको भनाइ छ । फुर्सदको समयमा सुतेर बस्ने महिलाले दिनभर काम पाएपछि घरखर्च जुटाउन समस्या हटेकोे छ । दिनभर काम गरेपछि पैसा सजिलै पाउने भएपछि महिला खुशीका साथ फूलखेतीमा झुमिएका हुन् ।

फूल खेतीबाट प्रशस्त आम्दानी गर्न थालेपछि पैसा कमाउन विदेश पलायन हुनुपर्छ भन्ने मान्यतालाई विस्थापित बनाएको छ । जग्गा भाडामा पाल्पा नर्सरी नामक संस्थाले यस क्षेत्रका फूलखेती गर्नेका लागि बिरुवा उत्पादन गर्ने स्थलमा अध्ययन भम्रणले चहलपहल बढ्दो छ । पाल्पाको हावा पानी राम्रो भएकाले फूल उत्पादन राम्रो हुँदै गएको छ ।

जिल्ला बाहिर निर्यात

उत्पादित फूलका बिरुवा बुटवलमा सङ्कलन हुँदै आएको छ । बुटवलबाट पाल्पामा उत्पादित फूलका बिरुवा नेपालगञ्ज, पोखरा, काठमाडौँलगायतका स्थानमा माग बढ्दो छ ।

फूल खेतीका लागि बजेट र कार्यक्रम छैन

जिल्लाका भैरवस्थान, तानसेन, रामपुर क्षेत्रमा फूल खपत बढ्दो छ तर, कृषि ज्ञान केन्द्रका अनुसार पाल्पा नर्सरीबाहेक जिल्लाका अन्य क्षेत्रमा व्यावसायिक फूलखेती हुँदैन । कृषि ज्ञान केन्द्र र स्थानीय तहमा फूल खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम छैन । जिल्ला कृषि विकास कार्यालयमा मदनपोखराका नरेन्द्र पाण्डेयले पुष्पखेतीका लागि फर्म दर्ता गरे पनि फूलखेती सञ्चालनमा आउन सकेन ।

फूलखेतीको माग आए कार्यक्रम चलाइने

कृषि ज्ञान केन्दका प्रमुख शिवप्रसाद अर्यालले पुष्पखेतीका लागि व्यावसायिक बनाउन सकेको अवस्थामा राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले पुष्पखेतीका लागि दश जनाको समूहमा तालीम सञ्चालन गर्न माग आएमा प्रदेश सरकारसँग कार्यक्रम तथा बजेट माग गरी तालीम सञ्चालन गरिने बताउनुभयो ।
–––

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -