स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

लोकसेवाको परीक्षा विथोल्न खोजेको आरोपमा चार पक्राउ

सेयर गर्नुहोस

लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो ।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले तीन पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । “परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने काम उनीहरुले गरेका छन्”, उहाँले भन्नुभयो, “उनीहरुको नियत हेर्दा जसरी पनि परीक्षा विथोल्न खोजेकाले पक्राउ गरिएको हो ।”

संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज आह्वान गरिएको १ नम्बर प्रदेश बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष हात्तीराम राईले आरोप लगाउनुुभयो ।

बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण

नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ ।

केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालीममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताउनुभयो । उहाँले तालीम केन्द्रले तालीममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालीममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको दाबी गर्नुभयो ।

केन्द्रले तालीममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायको लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगञ्ज आएर तीनमहिने कटाइसिलाइ तालीम लिनुभएकी लक्ष्मी कुँवरले तालीम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको र अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेको बताउनुभयो ।

छ महिने कम्प्युटर तालीम सिक्नुभएका नेपालगञ्जका चक्र ढुङ्गानाले व्यावसायिक तथा सीप विकास तालीम केन्द्र नेपालगञ्जबाट छ महीनासम्म सिकेको सीपले रोजगारी पाउन सफल भएको बताउनुभयो ।

केन्द्रका प्रमुख गौतमका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ६१८ जनालाई सीपमूलक तालीम प्रदान गरिएको छ । २७ जनालाई छ महिने कम्प्युटर तालीम दिइएको छ । यसैगरी तीन महिने केश श्रृङ्गार तालीम ६० जनालाई, कटाइसिलाइ तालीम ४८ जनालाई प्रदान गरिएको छ ।

आव २०७५÷७६ मा केन्द्रले विद्युत् जडानको तालीम ५६ जनालाई, इलेक्ट्रोनिक्सको तालीम दुई जनालाई र वेल्डिङको तालीम २० जनालाई प्रदान गरेको छ । यसैगरी तीन महिने हाउस वाइरिङ तह एकको तालीम ५० जनालाई, हाउस होल्ड प्लम्बिङ तह दुईको तालीम २३ जनालाई, कुक तह एकको तालीम २५ जनालाई, मोटरसाइकल मर्मत तालीम २५ जनालाई, होजियारी तालीम ५० जनालाई, फेशन डिजाइनि«ङ तह एक तालीम ५० जनालाई, मेसन तह एक तालीम २५ जनालाई तालीम दिइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -