स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु

map of india - The Times Of Nepal
सेयर गर्नुहोस

मुम्बई, ३ साउन : भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो ।

बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो काट्ने गरेकाले धेरै दुर्घटना भएको प्रहरीको भनाई छ । “मुम्बईका अत्यधिक धेरै मान्छे छोटो बाटो प्रयोग गर्न चाहन्छन्,” गान्धीले भन्नुभयो ।

मुम्बईमा दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्छन् । यो सङ्ख्या अत्यधिक धेरै भएकाले रेलमा धेरै भीड गराउने गरेको छ । मुम्बईको रेल सेवा उपनिवेशकालीन हो ।

रेल सञ्जाल अन्तर्गत हुने दुर्घटनाका कारण भारतमा औसतमा दैनिक दश जनाको मृत्यु हुने गरेको छ । उनीहरुमध्ये अधिकांशको रेलमा हुने भीडभाड र बाटो पार गर्ने क्रममा मृत्यु हुनेगरेको अधिकारीहरुले बताएका छन् ।

सरकारी तथ्यांक अनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दुर्घटनामा परी करिव ५० हजार जनाको मृत्यु भएको छ ।

चिनियाँ ग्याँस उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन

बेइजिङ, ३ साउन (रासस÷एएफपी) ः चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।

देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -