स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सभापति देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

Sher Bahadur Deuba, President of the Nepali Congress ,latest news
सेयर गर्नुहोस

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाका विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा र सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गर्नुभयो ।

पीडितको अवस्था बुझ्न यहाँ आउनुभएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिनुभयो । उहाँले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभयो । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको बताउँदै उहाँले बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

पाँच दिनको तलब बाढीपीडितलाई

सभापति देउवाले बाढीपीडितको राहतका लागि पार्टीका सांसदले पाँच दिनको तलब उपलब्ध गराउने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभा सदस्यले आफ्नो तलब राहतस्वरुप बाढीपीडितलाई प्रदान गर्ने बताउनुभयो ।

बाढीपीडितको सहयोगका लागि काङ्ग्रेसका गाउँदेखि जिल्ला तहसम्मका नेता कार्यकर्तालाई खट्न पनि उहाँले निर्देशन दिनुभयो । भारतसँग कूटनीतिक पहल गरी नदीमा तटबन्ध निर्माण गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । कमला नदी नियन्त्रणका लागि बनाइएका बाँध कमजोर र पुराना भएकाले यसको निर्माणमा सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । “बाँध निर्माणका क्रममा आर्थिक अनियमितता भएकाले यसको छानबिन गर्नुपर्छ, यसका लागि छुट्टै आयोग गठन गर्नुपर्छ”, देउवाले भन्नुभयो । उहाँले आजै कमला नदीको मूल बाँधका साथै सिरहा, कर्जन्हा, कल्याणपुर र सुखीपुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -