स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

“असार लागेपछि वर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ,

sankhar pokharel
सेयर गर्नुहोस

मुख्यमन्त्री शङ्कर पोखरेलले साना आयोजनालाई आर्थिक वर्षको आठ महीनाभित्र टुङ्याउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी कामलाई अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले आज यहाँ आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “असार लागेपछि वर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ, आर्थिक वर्षको अन्त्यमा हतार हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौ ।”

उहाँले पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी केन्द्रीत भएर काम गर्नसमेत निर्देशन दिनुभयो । “लुम्बिनी र यससँग सम्बन्धितस्थलमा पर्यटन प्रवद्र्धनको काममा ध्यान दिऔं, त्यसपछि अरु सम्पदालाई जोडौं”, उहाँले भन्नुभयो । उहाँले निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्थापन र रामग्रामको बौद्धकालीन सङ्ग्रहालय नमूना बन्नुपर्ने बताउनुभयो ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तर समन्वय र सहकार्य बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्रालयबीचको सहकार्य र समन्वयले बजेट कार्यान्वयन सहज हुने मुख्यमन्त्रीको धारणा थियो ।
उहाँले विकास आयोजनाको निमार्ण गर्दा २० वर्ष पछिको अवस्थालाई ख्याल गर्न र बहुवर्षीय आयोजनालाई पहिले नै टुङ्गो लगाएर अघि बढ्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गर्नुभएको प्रेस नोटमा जनाइएको छ ।

उहाँले प्रदेशका १० गौरवका आयोजनाको छनोटको तयारीमा लाग्न मन्त्रालयलाई निर्देशन दिनुभयो । “आर्थिक मामिला बाहेक अरु पाँच मन्त्रालयले कम्तीमा तीन आयोजना छनोट गरी प्रस्ताव अघि बढाउनुस, त्यसमध्ये राम्रो आयोजना छनोट गरी अघि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले चरङ्गे—झुम्सा वाइपास सडकमा यस आर्थिक वर्षभित्रै गाडी चल्न सक्ने गरी काम गर्न निर्देशन दिनुभयो । “काम छिटो र राम्रो गरौं, स्रोतको अभाव भयो भने व्यवस्थापन हुन्छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न रे वन क्षेत्रमा ठूला जलाशय बनाउने कामलाई अभियानका रुपमा अघि बढाउने गरी अघि बढ्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले रुपन्देहीमा निलगाई संरक्षणको लागि विशेष सामुदायिक वन र रुकुममा रेडपाण्डा संरक्षण केन्द्र बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कृषि कार्यक्रमको सफलतामापनको आधार उत्पादन बढेको, निर्वाहमुखीबाट बजारमुखी प्रणालीतर्फ गएको हुनुपर्ने बताउनुभयो । साथै गुल्मी, अर्घाखाँची र पाल्पालाई कफीखेती पकेटको रुपमा विकास गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -