स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

दुग्ध उत्पादन सहकारी संस्थासँग आबद्ध दुग्ध किसानलाई अनुदान

milk
सेयर गर्नुहोस

पाल्पाको डुम्रे आसपासका क्षेत्रका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुई अनुदान प्रदान गरिएको छ । तिनाउ गाउँपालिका–६ डुम्रेस्थित डुम्र दुग्ध उत्पादन सहकारी संस्थासँग आबद्ध दुग्ध किसानलाई प्रतिलिटर रु दुईका दरले अनुदान दिइएको हो ।

प्रदेश नं ५ सरकारअन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा रु १६ लाख ९० हजार अनुदान वितरण गरिएको हो । अनुदान रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाभित्रका किसानलाई दूधमा प्रतिलिटर रु दुई अनुदान उपलब्ध गराउने कार्यक्रम रहेकोे बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा स्थानीय सरकारको प्रोत्साहन आवश्यक रहेकाले गाउँपालिकाले पशुहरुका लागि दाना बनाउने मेसिन, दूध दुहुने मेसिन, भकारो सुधार कार्यक्रमलगायत क्षेत्रमा अनुदान प्रदान गरिएको बताउनुभयो । पशु विज्ञ केन्द्र पाल्पाका प्रमुख चन्द्रबहादुर रानाले प्रदेश सरकारको पशु विकास कार्यक्रमसम्बन्धी जानकारी गराउनुभयो ।

डुम्रेअन्तर्गत मदनपोखरा, रुप्से, मस्याम, ठिमरेलगायतकका क्षेत्रका किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । पाल्पाको डुम्रे क्षेत्रमा दैनिक दुई हजार ५०० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ । यहाँ उत्पादित दूध डुम्रे आसपासका क्षेत्र, स्थानीय बजार तानसेन र पोखरामा समेत निर्यात हुँदै आएको छ । तिनाउ गाउँपालिकाले यस आवमा कृषि तथा पशुपालनका क्षेत्रमा रु एक करोड बजेट विनियोजन गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -