अन्ध संस्कार र पाखण्डि समाजमा सत्य र तथ्यमा आधारित आध्यत्मिक चेतनाको कारण सामाजिक उन्नति र प्रगतिका निमित्त भौतिक विकासका पूर्वाधारहरु निर्माणमा उद्धयत नेपाल आमाका अद्धितिय सपूतहरु पनि छन् र थिए भन्ने कुरामा गर्व गर्ने ठाउँहरु प्रचुर मात्रामा छन् ।
विश्वको जुनसुकै कुना–कन्दरामा भएपनि अपराधि कृया–कलाप त मानवताको अविष्मरणीय कलङ्क नै हो । समाजमा जागरण ल्याउने र नैतिक चेतना उजागर सामाजिक यज्ञका प्रवर्तक एक होनहार प्रखर धार्मिक प्रवक्ता (धर्मगुरु)वाचन शिरोमणि लाई अकस्मात हामि नेपालीले गुमाएका छौँ ।
एउटा असल नागरिक देश हितैसि प्रतिभाका खानि जन्माउन अनि हुर्काउन देशले शताब्दियौं पर्खनुपर्छ तर त्यो नियति र अन्तहिन समयको उपज पनि बन्न सक्छ । नेपाली समाजका बिच अत्यान्तै कर्णप्रिय लोकलयमा आधारित धार्मिक प्रवचन र सनातनिक ग्रन्थका व्याख्या सुन्दा उनका पद मार्गमा तगारो तेस्र्याउनेहरु पनि नतमस्तक त हुन्थे नै सहयोगि हातहरुपनि तँ छाड र म छाड, गरेर उत्सुकताका साथ दान दि खुब आतुर देखिन्थे ।
प्रस्तुत कथाको विटमार्ने बखतमा त्यसैको स्तर संक्षपलाई टुक्का र चुठ्काका रुपमा रुपान्तरण समेत गरेर अत्यन्त आकर्षित नृत्य, झाकि र प्रहसनका साथ स्वाद र मार्मिक भजनका सारमा प्रत्येक श्रोता र दर्शक आफैँलाई विर्सन समेत पुग्दथे । त्यो उदाहरणीय शैलि, गला कला अब भौतिक साक्षात्कारको रुपमा आयन्दा हामिले पाौँला र ?
उहाँको अवर्णनिय कला अनि मधुर लयमा पौड्दै सहभागि वर्गको मन प्रशन्नताले भरिएर आएपछि आफैँ गाउँन र नाच्न थालेको थाहै पाउँदैनथे । २०५७ सालमा निर्वाचित विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय अध्यक्षको हैसियतमा संस्थाकै हितको लागि काठमाडौँको खुला मञ्चमा लगाइएको सामाजिक महायज्ञबाट त झन उहाँकोे गरिमा चुलिदै गएको थियो ।
व्यत्तिगत प्रयोजन भन्दा सामुहिक स्वार्थमा विश्वास राख्न एकल व्यक्तिको कलाको कुशल संयोजन र विकास निर्माणको उद्देश्य प्राप्तिका निमित्त मेची–महाकाली के हिमाल, पहाड, तराई र देशका कुना काप्चासम्म लागि पर्नु, व्यत्तिगत स्वार्थ र झिना–मसिना कुरामा विश्वास नराख्नु जातिय लैङ्गिक विषमताको अन्त्यका लागि दलितवर्गलाई अगाडि बढाएर सभा–नायक कर्ता र भान्सेसमेत बनाएर कार्य सफल पार्नु “आध्यत्मिक चिन्तन भौतिक विकास सामाजिक यज्ञ एकैसाथ” र “छुवा–छुत रुढिवाद हिन्दूधर्ममा गम्भिर आघात” जस्ता नारा बोकि हिड्न त्यस बेलाको विसम परिवेसमा कम चुनौति थिएन ।
कुल एक हजार एकसय छत्तिस (११३६) स्थानमा लगाईएको महायज्ञबाट निर्माण वृद्धाश्रम, अनाथालय, पूल पूलेसा बाटो–घाटो, घुम्ति पर्खाल प्रशुतिगृह, विद्यालय–प्राविधिक कलेज) सम्म धार्मिक स्थल निर्माण संरक्षण मन्दिर गौशाला महिला विश्वविद्यालय आदिको स्थापना भै उहाँलाई अमर बनाउने मूख्य धरोहर हुन् । उहाँकै वाचकत्वको प्रभावले लेखनाथका एक जना दानवीरले सर्वस्व नै अस्पताललाई समर्पण गरेको कुरा सर्वविदितै छ ।
२०६२ साल वैशाख २३ गते शुक्रबार प्रातः ६.३० बजे घटेको दुःखद घटना एक उग्र अविस्मरणीय क्षण बन्न गयो । रुपन्देही जिल्लाको तात्कालिन दुधराक्ष गा.वि.स अन्र्तगत रामापुर स्थित रामापुर क्याम्पस निर्माणर्थ संचालित पुनित कार्यमा जुन कंलक आईलाग्यो त्यसलाई कुनैपनि शब्दमा समेट्न सकिदैँन । धेरै आमाहरु रोएका छन उहाँको असामहिक निधनले ।
धार्मिक संस्कृतिलाई लोकलयको माध्यमद्धारा तमाम जन–सागरको मन–मस्तिक जित्न सफल एक चम्किलो नक्षत्रको विलयबाट सिंगो नागरिक समाज स्तब्ध, शोकाकुल र भाव विहल बन्नपुग्नु स्वभाविकै थियो । उहाँको अंग गमनका पाइलाहरु समाजले यद्यपी मेटउन चाहेका छैनन् । दाङ (घोराही) प्यूठान (स्वर्गद्धारी) जोड्न मोटर बाटो, स्याङजा –पुतलीबजार) को नगर विकास, सर्लाही र पूर्व चितवन (टाँणी) को प्रशुतिगृह, पशुपतिनाथ मन्दिर सर्लाही र तन्हौ खरहनिको सामुदायिक अस्पताल काश्किका नगण्य शिक्षण संस्थाहरु गुल्मीको रेसुङगाको विकास रुपन्देही बुटवल स्थित शिद्धबाबा मन्दिर परिसर विस्तार र गौशला निर्माण बागलुङ हटिया बलेवामा निर्मित बहिरा र सुरदास क्याम्पस बनेपा चण्डेश्वरीमा सुनको छानो र गजुर उदयपूर गाईघाटको श्री कृष्ण मन्दिर लमजुङ पाउँदिको घुम्ति पर्खाल आदि यस्तै पाल्पा तानसेन बजारको पिउने पानी, ज्वलन्त उदाहरण हुन् ।
केबल घरघरमा र सिमित चोटा–कोठा आँगनमा लगाइए पुराण (सप्तह) लाई आधुनिकिकरण गरी प्रत्येक व्यक्तिका खल्तीमा रहेको जगेडा रकम एककृत पारि समाजलाई विकास निर्माणको चेतनाको मूल मूर्धन्य विकास पे्रमि व्यक्तिलाई यो देशले गुमाएको छ ।
धार्मिक अनुष्ठानमै उहाँको अवसानको कारण देखाउने तथा कथित रुपमा ल्याइएका कपोल देखाउने आफैँमा निराधार थिए । उहाँ अब यस लोकबाट विदा भई सक्नु भएको छ तापनि सम्झनाका लागि रामापुरवासिले क्याम्पसको नाउँ उहाँकै नाउँमा नामड्ढरण गरि शालिकसमेत निर्माण गरेका छन् भने पोखरा केदारेश्ररमा चातुमा निर्माण अर्धकदको शालिक छ त्यस्तै गुल्मीको सदरमुकाम तमघास र रेसुङ्गा जोड्ने मार्गको र विकास भवनपनि उहाँकै नाउमा राखिएको छ ।
अत : नेपाल सरकारले पनि प्रथम धार्मिक ‘शहीद’ घोषणा गरि काठमाडौँको रामकोटमा प्रतिष्ठानका साथै ब्रदि नारायणधाम निर्माणको लागि करिब २२ रोपनी जग्गा उपलब्ध छ । अहिले नेपालमा पहिलो चार धाम निर्माण हेतु उक्त स्थानमा भवन निर्माणको कार्य दु्रत गतिमा भईरहेको छ ।
जहाँ ध्यानकेन्द्र सस्कृत पाठशाला, सभागृह, गोशाला, प्राकृतिक चिकित्सालय वृद्धाश्रम, अनाथालय आदि परोपकारी संघ–सस्ंथाहरु राखिने छ । दिनाउँदिन उहाँ नेपालीका स्मरणका पात्र बन्न पुग्नु भएको छ । प्रत्येक नेपालीका घरघरमा उहाँको स्वर घन्केको छन् । मधुर मनमोहक वाणिले यद्यपि लोभ्याई रहेकै छ के गर्ने गल्ति नै भएको भएपनि सुर्धान सकिन्थ्यो अब सम्झेर व्यर्थ छ नै सेवाको भावबाट आध्यात्मिक चेतना जागृति गराउन जातिय समान्ताको अभियानलाई निरन्तरता दिई दिने जस्ता कार्यहरुलाई हामिले अवलम्बन गर्न सक्यौ भने उहाँ प्रतिको सच्चा श्रद्धाञ्जलि त्यहिनै हुनेछ ।
उहाँको परमधाम यात्रमा पश्चात सञ्चालित महाअभियानको गति केही समय अवरुद्ध हुन पुगेतापनि शुभचिन्तक विकास प्रेमी नैतिक एवम धर्म संरक्षक वर्गको विश्वास गरेर करिब वर्षदिनको कठोर परिश्रमले पिताजी कै पद चापलाई उहाँकै सुपूत्र “वाचन प्रवीण पं. श्री दीनबन्धु पोखरेल ज्यूले निरन्तरता दिदैँ आउनुभएको कुरा समाजमा छर्लङ्गएकै छ । यसरी बाबु छोराको मुखारित यज्ञबाट खरबौको सङ्ख्यामा दान रकम स्वदेशी तथा विदेशी समाजले भित्रयाई सकेका छन् । अश्चर्य !! एउटै घरमा दुई महापुरुषको जन्म भएको हो, एकजना हामीसगैँ हुनुहुन्छ भने एक जना परधाम ।
अन्त्यमा वाचन प्रवीण पं. श्री दीनबन्धु पोखरेल ज्यूको उत्तरोतर उन्नति, प्रगति, सुस्वास्थ्य र चिरायुको कामना साथ प्रातः स्मरण्ीय धार्मिक सहिद वाचन शिरोमणि गुरु नारायणमा चीर शान्ति मिलोस यस्मा विलक्षण प्रतिभाका खानी कला र गलाका धनी महापुरुषले यसै धर्तीमा पूनः पर्दापण गराएर धर्मको रक्षा गर्ने नै छिन् नेपाल आमाले ।
आदरणीय गुरु प्रति मेरा शब्द सुमन अस्तुः