स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

इराकमा टर्कीका कूटनीतिज्ञसहित दुईको हत्या

latest world news
सेयर गर्नुहोस

इराकका लागि टर्कीका उप वाणिज्यदूतसहित दुई जनाको बुधबार हत्या भएको छ ।

टर्कीको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतले एएफपीलाई भन्यो, “टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको मृत्यु भएको हो ।”

उनका अनुसार आक्रमणकारीहरूले वाणिज्यदूत र वाणिज्य दूतावासका अन्य कर्मचारीहरूलाई लक्षित गर्दै अर्बिलस्थित एउटा रेष्टुरेन्टमा आक्रमण गरेका थिए ।

स्रोतले दिएको प्रारम्भिक विवरणमा तीन जना मारिएको उल्लेख छ । तर कुर्दिस आन्तरिक सुरक्षा फौजले भने अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

उनीहरूका अनुसार मारिने दुई जनामध्ये एक जना टर्कीको वाणिज्य दूतावासमा कार्यरत कूटनीतिज्ञ र एक जना इराकी नागरिक रहेका छन् ।

टर्कीको विदेश मन्त्रालयले पनि अर्बिलस्थित वाणिज्य दूतावासमा कार्यरत एक जना कर्मचारीको हत्या भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अधिकारीहरूले पनि ती व्यक्तिको हत्या वाणिज्य दूतावास बाहिर गोली प्रहार गरेर भएको जनाएका छन् ।

श्रीलङ्कामा सुख्खाले साढे पाँच लाख प्रभावित

श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् ।

प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन् ।

उनीहरु एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ । उनीहरुलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरुको भनाइ छ ।

केन्द्रका सहायक निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीलगायतका सामग्रीहरु पठाउने कार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यस क्षेत्रमा सुख्खाका कारण कतिपय रोगहरु पनि फैलिएको छ भने मानिसको दैनिकी कष्टकर भएको छ ।

सुख्खाका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको र उनीहरुलाई गाह्रो भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -