स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

चुरेको विनाशका कारणले मधेश–तराईमा समस्या देखिएको छ

सेयर गर्नुहोस

–नारायण ढुङ्गाना

सरकारले बाढीबाट प्रभावितको उद्धार कार्य सकिएसँगै राहत वितरण तीव्र पारिरहेको र अब पुनःनिर्माणतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

प्रभावित क्षेत्रमा राहत र उद्धारमा समन्वयात्मक ढङ्गबाट तीनै तहको सरकार सुरक्षा निकाय र स्थानीय सङ्घ संस्था केन्द्रित भएको जानकारी दिँदै सरकारले अबको प्राथमिकता क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण नै रहेको जानकारी दिएको छ । राहत वितरण एकद्वार प्रणालीबाट शुरु गरिएको सरकारको भनाइ छ ।

उद्धार र राहत वितरणको अवस्था निरीक्षण गर्न आज जनकपुर पुुग्नुुभएका गृहमन्त्री रामबहादुर थापाले भन्नुभयो, “मुख्यरुपमा उद्धारको काम सकिएको छ, अब पुनःनिर्माणको दिशातर्फ अघि बढेका छौैँ ।” उहाँ हवाइ तथा स्थलगत निरीक्षण गर्दै जनकपुर पुग्नुभएको थियो । निरीक्षण क्रममा धेरै नदी नालाहरुले बाँध भत्काएको कटान गरेर बस्ती र खेतीबालीमा पसेर बगर बनाएको छ । सडक क्षत्विक्षत बनाएकाले केही ठाउँमा पुनःनिर्माण गरिए पनि धैरै ठाउँको सडक नबन्दा महत्वपूर्ण सडक सञ्जाल विच्छेदकै अवस्थामा छ ।

कमभन्दा कम क्षति होस् भनेर सरकारले ध्यान केन्द्रित गरेको जानकारी दिँदै गृहमन्त्रीले सोचेअनुसारको पूूर्वतयारीमा केही कमी देखिएको उल्लेख गर्नुभयो । “चुरेको विनाशका कारणले मधेश–तराईमा समस्या देखिएको छ, आगामी दिनमा नीतिगत सुधार गर्नुपर्ने देखिन्छ, छिट्टै नै विपद्सम्बन्धी प्राधिकरण गठन गर्न लागिएको छ, नियमावली बन्न लागेकाले आउने दिनमा यसले अझै विपद्को क्षति कम गर्न थप मदत मिल्छ”, गृहमन्त्रीले भन्नुुभयो ।

एक त भारतको बाँधरुपी बाटोले डुबान परेको र नेपालभित्रका नदीको तटबन्ध गर्न सके पनि क्षति कम हुने अवस्था रहेको उहाँको भनाइ थियो । प्रदेश नं २ का विभिन्न जिल्लाबाट आएको सुुझावलाई ध्यान दिएर विपद्को योजना निर्माण गर्ने र राहतलगायत कार्यक्रम अघि बढाउनेसमेत गृहमन्त्री थापाले प्रतिबद्धता जनाउनुुुुुुभयो ।

तराईका विभिन्न जिल्लामा बाढी र डुबानको तथा राहत र उद्धारको अवस्थाबारे स्थलगत निरीक्षणमा सहभागी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सबै शक्ति प्रयोग गरेर उद्धार, राहत र क्षतिको पुनःनिर्माणमा सरकार लागेको बताउनुुभयो ।

सुुरक्षाकर्मीसहित स्थानीय तह, समुदायको सक्रियताले काम प्रभावकारी भएको बताउँदै उहाँले अहिले बाढी कम भएकाले काम गर्न केही सहज भएको बताउनुुभयो । उहाँले क्षति भएको सडकको पुनःनिर्माण, नदी नियन्त्रण, तथा पिडितहरुको राहतमा सरकारले ध्यान दिएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले असार लाग्नेबित्तिकै नै विपद्को क्षति न्यूनीकरणको तयारी गरेको जानकारी दिँदै उहाँले पथलैया, बर्र्दिबास र लहानमा केन्द्र स्थापना गरिसकेको बताउनुुभयो । “त्यसले अहिले काम गरिरहेको छ, महामारी नियन्त्रणमा स्वास्थ्यकर्मी परिचालित भइसकेको छ र तीनै तहको सरकार मिलेर नै विपद्बाट धनजनको क्षति घटाउन लागिएको छ”, उहाँले थप्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुनले बजेटलाई कुनै कमी हुन नदिइन प्रभावितलाई राहत र पुनःनिर्माणमा सरकार लागेको बताउनुभयो । उहाँले विद्युत्का लाइन पुनःस्थापन भइसकेको र पूर्वसूचना प्रणालीलाई समेत प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वर्षा, जाडो, गर्मी, हावाहुरी जुनसुकै समयमा पनि बढी क्षति हुने भएकाले प्रदेश नं २ लाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहभागीले तराइमा पानीको निकास नै नभएर जोखिम परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आज स्थलगत निरीक्षकका क्रममा उहाँहरुले रौतहट र सप्तरीको वस्तुुस्थितिका बारेमासमेत जानकरी लिनुुभएको थियो । मन्त्रीहरुले तराइका प्रभावित जिल्लामा हवाई निरीक्षणसमेत गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -