स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

चौरासी नमूना विद्यालय छनोट

चौरासी नमूना विद्यालय
सेयर गर्नुहोस

सरकारले गत आर्थिक वर्षमा ८४ नमूना विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ६९ जिल्लाका ८४ विद्यालयलाई नमूना विद्यालयका रुपमा छनोट गरेको हो ।

मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले स्थानीय तहको मूल्याङ्कनका आधारमा ती विद्यालय छनोट गरेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिनुभयो । उहाँले ३३६ विद्यालयमध्ये विभिन्न सूचाङ्कका आधारमा ती विद्यालय छनोटमा परेका हुन् ।

यसअघि गतआवका लागि केन्द्रले १६ विद्यालय छनोट गरिसकेको थियो । केन्द्रले एक हजार विद्यालय छनोट गर्ने योजनानुसार प्रत्येकवर्ष सय विद्यालय नमूना विद्यालय छनोट गरेको हो । नमूना विद्यालयलाई केन्द्रले पाँच वर्षका लागि शैक्षिक गुणस्तर सुधार र भौतिक संरचना बनाउन रु पाँच करोडसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म केन्द्रले ३२२ विद्यालय छनोट गरेको छ ।

“शैक्षिक गुणस्तर सुधार गर्न नमूना विद्यालय छनोट गर्ने अभियानमा रहेका छौ”, उहाँले भन्नुभयो,“प्रत्येक स्थानीय तहमा एक÷एक वटा विद्यालय नमूना छनोट गर्ने लक्ष्य राखेका छौँ ।” केन्द्रले विद्यालयको जग्गा, कक्षा ११ र १२ पढाउने विषय, माध्यमिक शिक्षा परीक्षा (एसइई)को तीन वर्षको नतिजा, तहगत विद्यार्थी र शिक्षक अनुपात, विद्युत् र इन्टरनेटको पहुँच, विद्यालयको भौगोलिक अवस्थालगायत सूचाङ्कका आधारमा ती विद्यालयको छनोट गरेको हो ।

स्थानीय तहले ती सूचाङ्कमा सय पूर्णाङ्क मानी सबैभन्दा बढी अङ्क ल्याउने विद्यालयलाई नमूना विद्यालय छनोट गरेको निर्देशक गौतमले बताउनुभयो । उहाँले निवेदन दिएका विद्यालयलाई क्रमशः अध्ययन गरी नमूना विद्यालय छनोट गर्ने बताउनुभयो । सरकारले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत एक हजार विद्यालयलाई नमूना विद्यालय छनोट गर्ने लक्ष्य राखेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -